काठमाडौँ- भारत, बिहारको राजधानी पटनामा ‘साउथ एसिया वुमन फिल्म फेस्टिभल’ हुने भएको छ। फेब्रुअरी २ देखि ९ सम्म हुने फिल्म महोत्सवमा नेपाली फिल्म पनि सहभागी भएका छन्।
प्रसुना डंगोलको निर्देशन रहेको ‘बिफोर यू वेयर माई मदर’ र बर्खा मुखिया निर्देशित ‘फ्लेम्स अफ अ कन्टिन्युअस फिल्ड अफ टाइम’ फिल्म देखाइनेछन्।
फेब्रुअरी ३ र ८ मा नेपाली फिल्म प्रदर्शन गरिनेछन्। नेपालसहित भारत, बंगलादेश, श्रीलंकालगायत देशका फिल्म महोत्सवमा सहभागी भएका छन्।
‘द साउथ एसिया ट्रस्ट’को सहयोगमा बिहार सरकारको कला संस्कृति तथा कला विभागले आयोजना गरेको हो।
प्रकाशित: १९ माघ २०७९ ११:३६
प्रतिक्रिया