कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारीबारे अन्य दलसँग परामर्श गर्ने

हिमाल प्रेस १९ माघ २०७९ ११:३०
2
SHARE
कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारीबारे अन्य दलसँग परामर्श गर्ने

काठमाडौँ- नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष पदमा उम्मेदवारी दिने/नदिने बारे अन्य दलसँग परामर्श गर्ने भएको छ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले सत्ता साना दलसँग परामर्श गरेर मात्र निष्कर्षमा पुग्ने जनाएको छ। कांग्रेस संसदीय दलका नेता रमेश लेखकका अनुसार अन्य दलसँग परामर्शपछि मात्र उम्मेदवारी दिने निर्णय गरेको हो।

यही माघ २३ गते बस्ने राष्ट्रियसभा बैठकबाट उपाध्यक्ष चयन गरिँदैछ। तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ फागुन २० गते सकिएको थियो।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा उक्त पद अहिलेसम्म रिक्त छ।

प्रकाशित: १९ माघ २०७९ ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fourteen =