फ्रान्समा च्याम्पियन्स लिगपछि भडकिएको हिंसामा ७ सयबढी पक्राउ

हिमाल प्रेस १७ जेठ २०८३ १८:१३ | Sunday, May 31, 2026
18
SHARES
फ्रान्समा च्याम्पियन्स लिगपछि भडकिएको हिंसामा ७ सयबढी पक्राउ

काठमाडौँ- च्याम्पियन्स लिग फाइनलमा आर्सनलविरूद्ध पेरिस सेन्ट–जर्मेन (पीएसजी) को जितपछि फ्रान्सका फुटबल समर्थक र प्रहरीबीच झडप हुँदा २१९ जना घाइते भएका छन्।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजका अनुसार घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको छन्।

प्रदर्शनकारीले राजधानी पेरिसमा बस, ट्रेन र रेल सेवाहरू अवरुद्ध गर्ने प्रयास गरेका थिए। प्रदर्शन नियन्त्रण गर्न सरकराले हजारौँ प्रहरी परिचालन गरेको थियो। तीमध्ये ५७ जना प्रहरी घाइते भएका छन्।

गृहमन्त्री नुनेजले ७८० जना प्रदर्शनकारीलाई पक्राउ गरिएकोमा ४५० बढीलाई हिरासतमा लिइएको जानकारी दिएका छन्।

आइतबारको परेडका लागि झन्डै ६ हजार प्रहरी परिचालन गरिएको बताइएको छ।

प्रकाशित: १७ जेठ २०८३ १८:१३ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast