धवलशमशेरले त्यागे राप्रपा

हिमाल प्रेस १७ जेठ २०८३ १६:३१ | Sunday, May 31, 2026
18
SHARES
धवलशमशेरले त्यागे राप्रपा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता डा. धवलशमशेर राणाले पार्टी परित्याग गर्दै विश्वसनीय राष्ट्रवादी शक्ति निर्माण गर्ने नयाँ राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका छन्। राणाले आइतबार सार्वजनिक गरेको वक्तव्यमा शुभेच्छुक, सहयोद्धा र सहयात्रीहरूको राय–सुझावका आधारमा आगामी राजनीतिक बाटो तय गर्ने निर्णय गरेको उल्लेख गरेका छन्।

डा. राणाले देशभित्र र विदेशमा रहेका नेपालीबाट प्राप्त सुझाव तथा शुभेच्छालाई आधार मानेर समयको पदचाप र जनभावना अनुरूप अघि बढ्ने बताएका छन्। उनले राप्रपामा रहँदा चार वर्षसम्म पार्टीलाई जनभावनाअनुकूल अघि बढाउने प्रयास गरे पनि सैद्धान्तिक द्विविधा र विरोधाभाषका कारण अपेक्षित दिशामा अघि बढ्न नसकेको दाबी गरेका छन्।

‘राप्रपामा रहेका साथीहरूलाई यही बाटो सही लाग्छ भने त्यतै रहन शुभकामना छ’, उनले भनेका छन्, ‘तर स्वच्छ मन र आत्मीय सम्बन्धका साथ राष्ट्रवादी लक्ष्यमा एकजुट हुन चाहने सबैलाई नयाँ अभियानमा सहभागी हुन आह्वान गर्दछु।’

उनले कुनै प्रकारको वैरभाव नराखी आगामी राजनीतिक यात्रालाई समेट्ने र राष्ट्रवादी शक्तिको निर्माणमा केन्द्रित हुने उल्लेख गरेका छन्। डा. राणाको यो कदमसँगै राप्रपाभित्रको आन्तरिक राजनीतिक समीकरणमा नयाँ बहस सुरु हुने देखिएको छ।

फुट्न लागेको हो राप्रपा?

प्रकाशित: १७ जेठ २०८३ १६:३१ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast