काठमाडौँ- विपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘वालेन’ले रोष्टममा उभिएर प्रश्न सोध्नुस् भन्दा नियमापत्ति गरेका छन्।
नेकपाका प्रमुख सचेतक युवराज दुलाल र एमालेका प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम नियमापत्ति जनाएका हुन्। उनीहरूले संविधान र प्रतिनिधि सभा नियमावली मिचिएको बताएका छन् । प्रतिनिधिसभामा दुलालले ३ दिन अगाडि प्रश्न दर्ज गर्ने व्यवस्था गरेको र त्यो नभएको भन्दै उनले नियमापत्ति गरेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रश्न सोध्न सक्ने व्यवस्था रहेको उनले बताए । महरले पनि धारा ५६ अनुसार नियमापत्ति जनाएका हुन् ।
प्रकाशित: १७ जेठ २०८३ १३:४९ | Sunday, May 31, 2026
प्रतिक्रिया




