सांकेतिक तस्बिर
काठमाडौँ– सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा केरा बगानमा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ।
स्थानीय ४८ वर्षीय सहदेव लौगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।
उनका अनुसार केरा बगानमा धानको बीउ छर्न विद्युतीय मोटरबाट पानी पठाउनका लागि तार जडान गर्ने क्रममा लौगीलाई करेन्ट लागेको थियो।
लौगीको मृत्युबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ।
खेतीको समयमा सप्तरीसहित मधेश प्रदेशमा बिद्युतीय मोटरबाट खेतमा पानी हाल्ने र मोटर जडान गर्ने क्रममा कतिपय किसानको ज्यान जाने गरेको छ।
प्रकाशित: १६ जेठ २०८३ १४:४९ | Saturday, May 30, 2026
प्रतिक्रिया




