काठमाडौँ- सैनिक मञ्च टुँडिखेलमा १९ औँ गणतन्त्र दिवस मनाइएको छ। विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपपति रामसहायक यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, पूर्वप्रधानमन्त्रीहरूसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीसहितका सुरक्षा निकायले मार्चपास गरेका थिए। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरे।
प्रधानमन्त्री शाहले समारोहमा सम्बोधन नगर्ने भएपछि सरकारले समारोहमा सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रह गरेको थियो।
गणतन्त्र दिवस समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्दै आएका थिए।
सो अवसरमा नेपाली सेनाले शान्तिको प्रतीक परेवा पनि उडाएको थियो। गणतन्त्र दिवसका दिन जेठ १५ गते विशेष समारोह आयोजना हुँदै आएको छ।





प्रकाशित: १५ जेठ २०८३ १०:१६ | Friday, May 29, 2026
प्रतिक्रिया




