जेनजी प्रदर्शनमा सेनाको कमजोरी : मानवअधिकार आयोग

हिमाल प्रेस १३ जेठ २०८३ १७:२३ | Wednesday, May 27, 2026
6
SHARES
जेनजी प्रदर्शनमा सेनाको कमजोरी : मानवअधिकार आयोग

काठमाडौँ– राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको कमजोरी औँल्याएको  छ। घटनाको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगले गठन गरेको समितिले जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको कमजोरी देखिएको ठहर गरेको हो।

भदौ २३ र २४ गतेको प्रदर्शनमा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायतका संरचनामा क्षति पुग्नुमा नेपाली सेनाको कमजोरी देखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा भनिएको छ,‘…सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनसमेतमा तोडफोड तथा आगजनी गरी जुन प्रकारको मानवीय, भौतिक तथा आर्थिक क्षति भएको छ सो हुनुमा नेपाली सेनाको पनि कमीकमजोरीहरू देखिएको।’

आयोगले भविष्यमा यस्ता विषयमा गम्भीर भई राष्ट्रिय सम्पत्तिको संरक्षण आमनागरिकको मानवअधिकार संरक्षणप्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधानसेनापतिलाई निर्देशन दिन सिफारिस गरेको छ।

‘जनअपेक्षाअनुरूप राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आमनागरिकको मानवअधिकार संरक्षणप्रति संवेदनशील हुन नसकेको देखिँदा भविष्यमा यस्ता विषयमा गम्भीर भई राष्ट्रिय सम्पत्तिको संरक्षण र आमनागरिकको मानवअधिकार संरक्षणप्रतिको दायित्वलाई प्राथमिकता दिन प्रधानसेनापतिलाई निर्देशन दिने र सिंहदरबारको सुरक्षाका लागि सिंहदरबाभित्र रहेको सेनाको गणनका तत्कालीन प्रमुख र राष्ट्रपति भवन शीतल निवासका सेनाको तत्कालीन कमाण्डरलाई सेचत गराउन राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को दफा ५ अनुसार नेपाल सरकारको ध्यानाकर्षण गराउने,’ प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १३ जेठ २०८३ १७:२३ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast