मल खरिद प्रक्रिया अगाडि बढाउन सरकारलाई ध्यानकर्षण

हिमाल प्रेस १३ जेठ २०८३ १४:५८ | Wednesday, May 27, 2026
10
SHARES
मल खरिद प्रक्रिया अगाडि बढाउन सरकारलाई ध्यानकर्षण

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले किसानले पर्याप्त मल पाउने गरी तत्काल आवश्यक मल खरिद प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरुले कुनै बहानामा किसानलाई मलको अभाव हुन नहुने धारणा राखेपछि समितिले किसानको माग बमोजिम असार १५ अगावै प्रयाप्त मलको व्यवस्था हुने गरी तयारी गर्न सरकारको ध्यानाकर्षण गराएको हो।

समितिका सभापति अशोककुमार चौधरीले किसानलाई सहज रुपमा मल उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेडले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले मल आपूर्ति तथा अनुगमन उपसमिति गठन गरी मलको आपूर्तिका लागि सहजीकरण गर्ने उल्लेख गरे। प्रर्याप्त बजेटको व्यवस्था गरेर भए पनि असारभित्र प्रयाप्त मल आपूर्ति गर्नुपर्ने उनको भनाइ छ।

बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्रले मल खरिद तथा वितरणमा सरकारी निकाय पारदर्शी रहेको बताए। उनले मन्त्रालय मातहतका गोदामहरुको अनुगमन गरी मलका विषयमा देखिएका समस्या समाधानका लागि भूमिका खेल्न समितिलाई आग्रह गरे। उनले सिंहदरबारबाट मलको कोटा निर्धारण गरेर सम्भव नहुने भन्दै यसका लागि स्थानीय तहलाई जवाफदेही बनाउनुपर्नेमा जोड दिए।

त्यस्तै बैठकमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले सार्वजनिक खरिद नियमावलीमा भएको व्यवस्था अनुसार मल खरिद प्रक्रियामा धेरै समय लाग्ने गरेकाले मल आपूर्ति गर्न कठिनाइ भएको बताए।

उनले मलखाद बफर स्टकका रुपमा भण्डारण गर्नका लागि बजेटको अभाव रहेको गुनासो गरे। समिति सदस्यहरुले रासायनिक मलको विकल्पको खोजीमा लाग्नुपर्ने सुझाव दिएका थिए।

प्रकाशित: १३ जेठ २०८३ १४:५८ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast