पुराना बाली छाडेर अदुवाखेतीतर्फ किसान

हिमाल प्रेस १३ जेठ २०८३ १०:१९ | Wednesday, May 27, 2026
4
SHARES
पुराना बाली छाडेर अदुवाखेतीतर्फ किसान

भोजपुर- भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन् । परम्परागत खेती प्रणालीबाट आम्दानी सीमित भएपछि किसानले अदुवालाई आम्दानीमुखी बालीका रूपमा अँगाल्दै व्यावसायिक उत्पादन विस्तार गर्न थालेका हुन्।

किसानलाई व्यावसायिक अदुवाखेतीमा लाग्न प्रोत्साहन गर्न वडा तथा गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको वडाध्यक्ष बाचकुमार राईले बताए। गुराँस सहकारी संस्थामा आबद्ध आठ जनाले किसानले व्यावसायिक रुपमा अदुवाखेती गरिरहेको उनले जानकारी दिए।

स्थानीयस्तरमा उपयुक्त हावापानी र माटोको उपलब्धतासँगै अदुवाखेतीबाट राम्रो उत्पादन लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएको उनको भनाइ छ । ‘हामीले व्यावसायिक अदुवा खेतीमा जोड दिएका छौँ,’ वडाध्यक्ष राईले भने, ‘खेती गर्न इच्कुछ किसानलाई स्थानीय सरकारले पनि आवश्यक सहयोग गरेको छ । किसानलाई अनुदानमा अदुवाको बीउ वितरण गरेका छौँ ।’

आवश्यक अनुदान सहयोगसँगै कृषि ज्ञान, तालिम तथा प्राविधिक सहयोग उपलब्ध भएसँगै अदुवाखेतीमा लाग्न सहजता भएको स्थानीय किसान मनोज राईले बताए। ‘अदुवाखेतीबाट अन्य बालीभन्दा राम्रो आम्दानी हुन थालेको छ,’ उनले भने, ‘अदुवाबाट राम्रो आम्दानी हुने भएपछि खेती विस्तारमा जुटेका छौँ । यसले घरखर्च चलाउन सहज भएको छ।’

अदुवाखेती परम्परागत बालीको तुलनामा राम्रो आम्दानी हुने स्थानीय किसान कमल राईले बताए। अदुवालाई अन्यबालीको तुलनामा बाँदरले पनि कम क्षति पु¥याउने भएकाले किसानले खेती विस्तारमा जुटेको उनको भनाइ छ।

किसानले व्यक्तिगत तथा सामूहिक रूपमा अदुवाखेती विस्तार गर्दै आएका आएको स्थानीय किसान देवकुमार राईले बताए। आफूले अहिले करिब तीन रोपनी क्षेत्रमा अदुवा विस्तार गरेको उहाँले जानकारी दिए।

स्थानीय तहले अदुवाखेतीको विस्तारसँगै प्रशोधन, भण्डारण र बजारीकरणमा समेत जोड दिने योजना बनाएको छ । यसले खोक्सिक क्षेत्रलाई अदुवा उत्पादनको सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्ने वडाले जनाएको छ ।
–––

प्रकाशित: १३ जेठ २०८३ १०:१९ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast