सांसद कार्कीले गरे संखुवासभा बाढीपीडितका लागि राहत र पुनर्निर्माण माग

हिमाल प्रेस १२ जेठ २०८३ १६:३२ | Tuesday, May 26, 2026
8
SHARES
सांसद कार्कीले गरे संखुवासभा बाढीपीडितका लागि राहत र पुनर्निर्माण माग

काठमाडौँ- नेकपा एमालेका सांसद डा.अर्जुन कार्कीले संखुवासभाको मकालु गाउँपालिका-५ माङिमा आएको अविरल वर्षा र फोक्टे खोलाको बाढीका कारण भएको ठूलो क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद कार्कीले बाढीका कारण स्थानीय किसान दलबहादुर गुरुङको भेडा गोठ बगाउँदा २५० भन्दा बढी भेडा मरेका बताए।

त्यसैगरी माङिसिमाकै जापान गुरुङसहित सात जनाको घर तथा एक हाइड्रो परियोजनाको संरचनासमेत बाढीले बगाएको उनले जानकारी दिए।

बाढीका कारण करिब २०० रोपनीभन्दा बढी जमिनमा क्षति पुगेको र नुममाङिसिमा जोड्ने सडक अवरुद्ध हुँदा आवतजावत पूर्ण रूपमा प्रभावित भएको पनि संसदमा जानकारी गराइएको छ।

सांसद कार्कीले कठिन विपद्को यस घडीमा पीडितहरूको तत्काल उद्धार, राहत तथा क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: १२ जेठ २०८३ १६:३२ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast