काठमाडौँमा साइक्लिङका क्रममा खसेका पुरुषको उद्धार

हिमाल प्रेस ११ जेठ २०८३ १६:०४ | Monday, May 25, 2026
14
SHARES
काठमाडौँमा साइक्लिङका क्रममा खसेका पुरुषको उद्धार

धादिङ- काठमाडौँको कपनका एक पुरुष धादिङको रुबीभ्याली गाउँपालिका-३ स्थित सवालुङ्ग भीर क्षेत्रमा साइक्लिङ गर्ने क्रममा दुर्घटनामा परेका छन्।

साइक्लिङका क्रममा करिब २०० मिटर तल खसेर उनी भीरको बीच भागमा अड्किएका थिए।

घटनापछि भैरव गण (बोराङ) बाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरी र स्थानीय बासिन्दासँगको सहकार्यमा तत्काल उद्धार गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उद्धारपछि उनलाई प्राथमिक उपचार दिइएको र करिब ७ किलोमिटर दूरीसम्म स्ट्रेचरमा बोकेर सुरक्षित स्थानमा पुर्‍याइएको सेनाले जनाएको छ।

त्यसपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको हो।

प्रकाशित: ११ जेठ २०८३ १६:०४ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast