पोखरा- गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको आउँदो आव २०८३/०८४ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलका निम्ति प्रस्ताव पेस गर्नेलगायत कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सरकारको सिफारिसमा बजेट अधिवेशन आह्वान गरेका थिए । रासस
प्रकाशित: ११ जेठ २०८३ १०:४५ | Monday, May 25, 2026
प्रतिक्रिया




