पाकिस्तानमा रेल्वे ट्र्याकमा विस्फोट, २० जनाको मृत्यु

हिमाल प्रेस १० जेठ २०८३ १५:४५ | Sunday, May 24, 2026
10
SHARES
पाकिस्तानमा रेल्वे ट्र्याकमा विस्फोट, २० जनाको मृत्यु

काठमाडौँ- पाकिस्तानको क्वेटा सहरस्थित ‘चमन फाटक’ नजिकै आइतबार रेल्वे ट्र्याकमा विस्फोट भएको छ। ट्र्याकबाट रेल गइरहेको बेला विस्फोट भएको हो।

विस्फोटमा २० जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन्।

विस्फोटका कारण रेलका तीनबाट बोगी ट्र्याकबाट खसेका छन् भने दुईवटा पल्टिएका छन्।

प्रत्यक्षदर्शीका अनुसार शक्तिशाली विस्फटोका कारण रेल्वे ट्र्याकनजिकै रोकिराखेका थुप्रै सवारी सधानका साथै आसपासका घरहरूमा पनि क्षति पुगेको छ।

रेलमन्त्री मुहम्मद हनिफ अब्बासीले क्वेटामा भएको विस्फोटको कडा निन्दा गरेका छन्।

क्वेटा क्यान्टनबाट आउँदै गरेको एउटा सटल रेल विस्फोटमा परेको रेल मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १० जेठ २०८३ १५:४५ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast