काठमाडौँ- वामध्रुवका ३ दलका ३ मुख्य नेताहरू एकै मन्चमा देखिने भएका छन्। कुनैबेला एकै दलमा रहेका भए पनि ३ दलमा विभाजित छन्।
समाजवाद अध्ययन केन्द्रको आयोजना हुने लागेको बहस कार्यक्रममा नेकपा संयुक्तका कार्यवाहक घनश्याम भुसाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा नेता शक्ति बस्नेत सहभागी हुँदैछन्।
नेकपा संयुक्तका नेता दामोदर अर्यालका अनुसार साउन १ गते हुने ‘वामपन्थी आन्दोलन, अब के गर्ने?’ विषयक उनीहरू सहभागी हुन लागेका हुन्। ०७४ मा बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहदा सबै एकैदलका नेता थिए। तर पछि विभाजित भए।
प्रकाशित: ३० साउन २०८३ १२:२९ | Saturday, August 15, 2026
प्रतिक्रिया


