श्रेयसको शतकले पन्जाबको जित, लखनउको हार

हिमाल प्रेस १० जेठ २०८३ ७:२१ | Sunday, May 24, 2026
6
SHARES
श्रेयसको शतकले पन्जाबको जित, लखनउको हार

काठमाडौँ- कप्तान श्रेयस अय्यरले शानदार शतक प्रहार गरेपछि पन्जाब किङ्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ। लखनउले दिएको १९७ रनको लक्ष्य पन्जाबले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो। कप्तान श्रेयसले विजयी छक्का प्रहार गर्दै शतक पनि पूरा गरे। उनी ५१ बलमा १०१ रनमा अविजित रहे।

प्रभसिमरन सिंहले ६९ रन बनाए। कूपर कोनोलीले १८ रन बनाउँदा सुर्यांश शेड्गे ९ रनमा अविजित रहे। लखनउका मोहम्मद शामीले २ विकेट लिँदा अर्जुन तेन्दुल्करले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । ओपनर जोश इङ्लिसले सर्वाधिक ७२ रन बनाए। आयुष बदोनीले ४३ रन बनाउँदा अब्दुल समद ३७ रनमा अविजित रहे।

पन्जाबका लागि मार्को यानसेन र युजभेन्द्र चहलले २-२ विकेट लिए भने विजयकुमार वाइशाक र अजमतुल्लाह ओमरजाइले १-१ विकेट लिए। जितपछि पन्जाबको १४ खेलमा १५ अंक भएको छ र चौथो स्थानमा उक्लिएको छ। अब आइतबार हुने दुई खेलबाट प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ ।

प्रकाशित: १० जेठ २०८३ ७:२१ | Sunday, May 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast