अमेरिकी गुप्तचर प्रमुखले दिइन् राजीनामा

हिमाल प्रेस ९ जेठ २०८३ ६:४० | Saturday, May 23, 2026
10
SHARES
अमेरिकी गुप्तचर प्रमुखले दिइन् राजीनामा

काठमाडौँ- अमेरिकाको राष्ट्रिय गुप्तचर प्रमुख (निर्देशक) तुलसी गब्बार्डले पदबाट राजीनामा दिएकी छन्। फक्स न्युजका अनुसार, उनले आफ्नो पतिको गम्भीर रोगका कारण यो निर्णय गरेकी हुन्।

उनका पति हड्डीको एकदमै दुर्लभ क्यान्सरसँग लडिरहेका छन्। यो कठिन समयमा गब्बार्ड पतिसँगै रहन राष्ट्रिय गुप्तचर निर्देशकबाट बाहिरिएकी हुन्। रिपोर्टअनुसार गब्बार्डले शुक्रबार ओभल अफिसमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो राजीनामाबारे जानकारी गराएकी थिइन्।

अब उनी राष्ट्रिय गुप्तचर निर्देशक (ओडीएनआई) को कार्यालयमा जुन ३० सम्म हाजिर हुने बताइएको छ। आफ्नो पत्रमा गब्बार्डले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिँदै राष्ट्रिय गुप्तचर कार्यालयको नेतृत्व गर्न पाउनु सम्मानको कुरा भएको बताइन्।

प्रकाशित: ९ जेठ २०८३ ६:४० | Saturday, May 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast