आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

हिमाल प्रेस ८ जेठ २०८३ ८:१२ | Friday, May 22, 2026
6
SHARES
आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको शंखमुल फिडरअन्तर्गतका क्षेत्रमा आज ५ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनामा आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने उल्लेख छ।

विद्युत् आपूर्ति बन्द हुने क्षेत्रहरूमा शंखमुल दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग छन्।

प्राधिकरणका अनुसार हाल शंखमूल फिडरअन्तर्गतका क्षेत्रमा बिजुली वितरण प्रणालीलाई भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ।

 

 

 

प्रकाशित: ८ जेठ २०८३ ८:१२ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast