चितवनमा घट्यो मह उत्पादन

हिमाल प्रेस ७ जेठ २०८३ ७:४९ | Thursday, May 21, 2026
14
SHARES
चितवनमा घट्यो मह उत्पादन

चितवन- जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो । मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ । गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो । जिल्लामा १७ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आइएको छ । यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो ।

उनले भने, ‘बेमौसमी वर्षाका कारण तोरी र चिउरीमा उत्पादन कमी भएको छ ।’ तोरीमा एक पटकमा तीन चोटीसम्म मह काट्ने किसानले यस पटक बढीमा दई पटक मह काटेको उनले बताए । यस्तै चिउरीमा पाँच पटकसम्म मह काटिन्थ्यो भने यस पटक तीन पटक मात्र काटेका छन् । अहिले घारको सङ्ख्या बढे पनि उत्पादनमा कमी आएको उनले जानकारी दिए ।

गत वर्षमा मौरीपालक किसानमध्ये ७० प्रतिशतले छ पटकसम्म मह काट्ने गरेको भए पनि बेमौसमी वर्षातका कारण अहिले ३० प्रतिशत किसानले मात्र छ पटक मह निकालेका छन् । जिल्लामा ४५० जना व्यावसायिक मौरीपालक किसान रहेका छन् । जिल्लामा विशेष गरी चिउरी र तोरीको मह ८० प्रतिशत उत्पादन हुँदै आएको छ । बीस प्रतिशत मह रुदिलो, फापर, पड्के, लिचीलगायतबाट उत्पादन हुने गरेको उनले जानकारी दिए।

 

प्रकाशित: ७ जेठ २०८३ ७:४९ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast