आशिष बिष्टलाई वर्ल्ड बुक अफ रेकर्ड्स यूकेद्वारा ‘एक्सिलेन्स सर्टिफिकेट’ प्रदान

हिमाल प्रेस ६ जेठ २०८३ १७:५७ | Wednesday, May 20, 2026
4
SHARES
आशिष बिष्टलाई वर्ल्ड बुक अफ रेकर्ड्स यूकेद्वारा ‘एक्सिलेन्स सर्टिफिकेट’ प्रदान

काठमाडौँ- पश्चिम अस्ट्रेलियाको पर्थमा रहेका नेपाली नागरिक आशिष बिष्टलाई वर्ल्ड बुक अफ रेकर्ड्स, यूकेले ‘एक्सिलेन्स’ श्रेणीअन्तर्गत प्रमाणपत्र प्रदान गरेको छ। संस्थाले उनलाई सात वर्षमा एक दशक लामो शैक्षिक अवरोधपछि पनि पाँचवटा उन्नत डिग्री (जसमध्ये पीएचडी तथा व्यावसायिक लेखा योग्यतासमेत) हासिल गरेको शैक्षिक उपलब्धिका आधारमा सम्मान गरेको जनाएको छ।

वर्ल्ड बुक अफ रेकर्ड्सद्वारा जारी पत्रमा बिष्टको उपलब्धिलाई ई१ श्रेणीमा समावेश गरिएको उल्लेख छ। उक्त श्रेणी विभिन्न क्षेत्रका उपलब्धि, विशिष्ट सेवा तथा उल्लेखनीय योगदानलाई मान्यता दिने उद्देश्यले प्रदान गरिने बताइएको छ। संस्थाले शैक्षिक, व्यावसायिक, सामाजिक तथा मानवीय क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तिहरूलाई यस श्रेणीमार्फत सम्मान गर्दै आएको जनाएको छ।

सम्मानपत्रमा बिष्टको समर्पण, नेतृत्व क्षमता र उपलब्धिले उत्कृष्टताको मापदण्ड स्थापित गरेको उल्लेख गर्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गरिएको छ।

प्रकाशित: ६ जेठ २०८३ १७:५७ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast