रोल्पामा फेला परेको शंकास्मद वस्तु सेनाद्वारा सुरक्षित रूपमा डिस्पोज

हिमाल प्रेस ६ जेठ २०८३ १३:२६ | Wednesday, May 20, 2026
6
SHARES
रोल्पामा फेला परेको शंकास्मद वस्तु सेनाद्वारा सुरक्षित रूपमा डिस्पोज

काठमाडौँ- रोल्पा जिल्लाको परिवर्तन गाउँपालिका-३, बाघमारा क्षेत्रमा सडक मर्मतका क्रममा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त शंकास्पद वस्तु जेठ ४ (सोमबार) गते फेला परेको थियो। त्यसपछि नेपाली सेनाको सुर्यदल गणबाट खटिएको बम डिस्पोजल टोलीले जेठ ५ गते  (मंगलबार) सो वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय बनाएको हो।

सेनाले जोखिम न्यूनीकरण र स्थानीय नागरिकको सुरक्षालाई ध्यानमा राख्दै तत्कालै आवश्यक प्राविधिक प्रक्रिया अपनाएर वस्तु डिस्पोज गरिएको जनाएको छ।

स्थानीय क्षेत्रमा सडक मर्मतका क्रममा फेला परेको उक्त वस्तुका कारण केही समय त्रासको अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य रहेको सेनाले जनाएको छ।

तस्बिर : नेपाली सेना

प्रकाशित: ६ जेठ २०८३ १३:२६ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast