चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुण, उपाध्यक्षमा दीपक

हिमाल प्रेस ६ जेठ २०८३ १२:१६ | Wednesday, May 20, 2026
8
SHARES
चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुण, उपाध्यक्षमा दीपक

काठमाडौँ- चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन्। मंगलबार राती सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार प्रधानले आफ्ना प्रतिद्वन्द्वी जनकदीप पराजुलीलाई पराजित गरे। कुल १५९ मत खसेको निर्वाचनमा प्रधानले १०९ मत प्राप्त गरे भने पराजुलीले ४६ मत मात्र पाए ।

दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली निर्वाचित भए। महासचिवमा समुन्द्र भट्ट विजयी हुँदा सचिव पदमा राजबहादुर साने निर्वाचित भए । कोषाध्यक्षमा जनक खड्का निर्विरोध निर्वाचित भए। सहकोषाध्यक्षमा उत्सव केसी चुनिए । लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बु निर्विरोध निर्वाचित भए ।

प्रकाशित: ६ जेठ २०८३ १२:१६ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast