एजेन्सी करियर बबाल छ’ नारासहित सन नेपाल लाइफको ADM 360° Growth Summit 1.0 सम्पन्न

हिमाल प्रेस ५ जेठ २०८३ १२:०९ | Tuesday, May 19, 2026
एजेन्सी करियर बबाल छ’ नारासहित सन नेपाल लाइफको ADM 360° Growth Summit 1.0 सम्पन्न

काठमाडौँ- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका उत्कृष्ट एजेन्सी डेभलपमेन्ट म्यानेजरलाई सहभागी गराउँदै ‘ADM 360° Growth Summit 1.0’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीले जेठ २ र ३ गते आयोजना गरेको उक्त कार्यक्रम ‘एजेन्सी करियर बबाल छ’ भन्ने मूल नारासहित सञ्चालन गरिएको थियो ।

एजेन्सी नेतृत्व क्षमता अभिवृद्धि, व्यवसाय विस्तार, आधुनिक बजार व्यवस्थापन तथा बीमा क्षेत्रमा करियर निर्माणका अवसरबारे सहभागीहरूलाई थप उत्प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा देशभरबाट एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली बजारका प्रख्यात प्रशिक्षकद्वय किशु झा र अजय रेग्मीले नेतृत्व विकास, व्यक्तिगत दक्षता, टोली व्यवस्थापन, व्यवसाय विस्तार रणनीति तथा आधुनिक बीमा बजारका चुनौती र अवसरका विषयमा प्रशिक्षण दिएका थिए।

कार्यक्रमको अध्यक्षता कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत कबी फुयालले गरेका थिए भने प्रमुख बजार अधिकृत गणेश चौलागाईको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत कबी फुयाल तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईले एजेन्सी व्यवसायको वर्तमान अवस्था, भविष्यका सम्भावना, लक्ष्य प्राप्ति तथा व्यवसाय वृद्धिसम्बन्धी विशेष प्रस्तुति दिएका थिए । उहाँहरूले सहभागीहरूलाई एजेन्सी पेशालाई सम्मानित, सम्भावनायुक्त र दीर्घकालीन करियरका रूपमा विकास गर्न प्रेरित गरेका थिए ।

कार्यक्रममा प्रमुख ग्राहक अनुभव तथा संरक्षण अधिकृत सचेत श्रेष्ठ, लिड रिक्रुटमेन्ट अफिसर सुनिल अधिकारी, लिड ट्रेनिङ अफिसर भुवन सिंह मगर तथा ब्रान्ड एण्ड कम्युनिकेसन प्रमुख सोमेश लाल जोशीले ग्राहक सम्बन्ध व्यवस्थापन, नेतृत्व विकास, ब्रान्ड निर्माण, भर्ती रणनीति तथा व्यवसाय प्रवर्द्धनका विविध विषयमा प्रशिक्षण तथा अनुभव आदानप्रदान गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख तथा क्षेत्रीय प्रबन्धकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । कोशी प्रदेश प्रमुख तुल्सीनाथ पौड्याल, मधेश प्रदेश प्रमुख नवराज चौधरी, बागमती प्रदेश प्रमुख लोकमाया अधिकारी, गण्डकी प्रदेश प्रमुख ईश्वर विकल सापकोटा, लुम्बिनी क्षेत्रीय प्रबन्धक सन्तोष कुँवर क्षेत्री, राप्ती/भेरी क्षेत्रीय प्रबन्धक दिपेन्द्र रावत, कर्णाली प्रदेश प्रमुख गोविन्द ढकाल तथा सुदूरपश्चिम प्रदेश प्रमुख लक्ष्मीकान्त जैसी कार्यक्रममा सहभागी रहेका थिए।

कार्यक्रममा सहभागीहरूले ‘एजेन्सी करियर बबाल छ’ भन्ने नाराले आफूहरूलाई नयाँ ऊर्जा, आत्मविश्वास तथा व्यवसायप्रतिको दृष्टिकोण अझ सशक्त बनाएको प्रतिक्रिया दिएका थिए । सहभागीहरूले यस्तो प्रकारको प्रशिक्षणले नेतृत्व क्षमता अभिवृद्धिसँगै व्यवसाय विस्तारमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। सन नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि एजेन्सी संरचनालाई अझ सुदृढ, व्यवसायमुखी तथा प्रतिस्पर्धी बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । हाल कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।

प्रकाशित: ५ जेठ २०८३ १२:०९ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast