जङ्गी अड्डामा प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सुरु

हिमाल प्रेस ४ जेठ २०८३ ११:२८ | Monday, May 18, 2026
4
SHARES
जङ्गी अड्डामा प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता सुरु

काठमाडौँ- नेपाली सेनाको आयोजनामा ‘प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता-२०८३’ आजदेखि जङ्गी अड्डामा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन नेपाली सेनाका रथी प्रदीप जंग केसीबाट गरिएको हो।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा विभिन्न टेनिस क्लबहरूको सहभागितामा सञ्चालन भएको प्रतियोगिता जेठ १२ गतेसम्म सञ्चालन हुनेछ। यो प्रतियोगिता  ‘प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता-२०८३’ को चौथो संस्करण हो।

प्रतियोगिताबारे जानकारी दिँदै आयोजकले टेनिस खेललाई तहगत रूपमा विकास गर्दै उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको जनाएको छ।

यसअघि मकवानपुर टेनिस संघको आयोजना तथा नेपाली सेनाको सहयोगमा २०६८ सालदेखि ‘सामरी स्ल्याम’ टेनिस प्रतियोगिता सञ्चालन हुँदै आएको थियो। उक्त प्रतियोगिताको सातौं संस्करण २०७४ सालमा सम्पन्न भएको थियो।

त्यसपछि नेपाली सेनाले प्रतियोगितालाई निरन्तरता दिने उद्देश्यले नेपाल टेनिस संघको प्राविधिक सहयोगमा २०७८ मंसिर २७ गतेदेखि पुस ५ गतेसम्म पहिलो पटक ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता-२०७८’ आयोजना गरेको थियो।

यस वर्षको प्रतियोगितामा विभिन्न टेनिस क्लबका खेलाडीहरूको सहभागिता छ। प्रतियोगितामार्फत राष्ट्रिय स्तरका प्रतिभावान खेलाडी पहिचान तथा टेनिस खेलको विकासमा थप योगदान पुग्ने विश्वास आयोजकले लिएको छ।

प्रकाशित: ४ जेठ २०८३ ११:२८ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast