शिक्षक पेन्सन अब के हुन्छ? किताबखानाले पठायो पत्र

हिमाल प्रेस ३ जेठ २०८३ १३:३३ | Sunday, May 17, 2026
268
SHARES
शिक्षक पेन्सन अब के हुन्छ? किताबखानाले पठायो पत्र

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय किताबखाना (शिक्षक) ले ई–पेन्सन प्रणाली कार्यान्वयनका लागि देशभरका स्थायी शिक्षकहरूको अभिलेख अद्यावधिक गर्न आवश्यक कागजात पेस गर्न निर्देशन दिएको छ।

राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी काठमाडौँले (२०८३ वैशाख ३० गते) जारी गरेको पत्रअनुसार २०२३/०४/०१ देखि २०२५ असार मसान्तसम्म जन्ममिति भएका स्थायी शिक्षकहरूको अभिलेख अद्यावधिक गरिने भएको हो।

यस प्रयोजनका लागि सम्बन्धित शिक्षकहरूले आवश्यक कागजातको प्रतिलिपि स्वयम् प्रमाणित गरी आगामी २०८३ जेठ ३० गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा बुझाउनुपर्नेछ। त्यसपछि शिक्षा विकास तथा समन्वय एकाइहरूले नाम नामेसीसहित आवश्यक विवरण २०८३ असार १५ गतेभित्र राष्ट्रिय किताबखानामा अनिवार्य रूपमा पठाइसक्नुपर्ने जनाइएको छ।

किताबखानाले माग गरेका कागजातमा माथिल्लो तहमा स्थायी नियुक्ति भएको पत्र, सरुवा तथा रमाना पत्र, बढुवा पत्र, बिदा स्वीकृतिका कागजात, विभागीय सजायसम्बन्धी पत्र तथा जन्ममितिमा फरक देखिए एसईई (एसएलसी) को मूल प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र लगायत रहेका छन्।

कामु उपमहानिर्देशक गोविन्द प्रसाद अर्यालद्वारा हस्ताक्षरित पत्रको बोधार्थ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समेत दिइएको छ। राष्ट्रिय किताबखानाले ई–पेन्सन प्रणालीलाई व्यवस्थित, डिजिटल र अभिलेखमैत्री बनाउन यो प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रकाशित: ३ जेठ २०८३ १३:३३ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast