सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदै

हिमाल प्रेस ३ जेठ २०८३ १३:१६ | Sunday, May 17, 2026
2
SHARE
सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदै

काठमाडौँ- काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गदैछिन्। उनी बेलुका फ्रान्स प्रस्थान गर्ने कार्यक्रम छ। महानगर प्रवक्ता नवीन मानन्धरका अनुसार डंगोल एक्लै फेस्टिभलमा जान लागेकी हुन् । उनी त्यहाँ ४ दिन रहेर फेस्टिभलको अनुभव बटुल्ने तथा कान्स फेस्टिभलका प्रमुखलाई काठमाडौं भ्रमणको निम्तो समेत दिनेछिन्।

महानगरले निकट भविष्यमा आयोजना गर्न लागेको काठमाडौं फिल्म फेस्टिभलको पूर्वतयारी स्वरुप डंगोल कान्स जान लागेको प्रवक्ता मानन्धरको भनाइ छ। यो महोत्सवअन्तर्गत काठमाडौं महानगरका टोल टोलमा फिल्म फेस्टिभल आयोजनाको तयारी भैरहेको छ।

यसअघि तत्कालिन महानगर प्रमुख बालेन शाह पनि कान्स गएका थिए। युनेस्कोले काठमाडौं सहरलाई फिल्म सिटीको रुपमा घोषणा गरिसकेको छ।
कान्स फिल्म फेस्टिभल २१ मेसम्म फ्रान्समा आयोजना हुनेछ।

प्रकाशित: ३ जेठ २०८३ १३:१६ | Sunday, May 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast