काठमाडौँ- रसुवाको गोसाईँकुण्ड क्षेत्रबाट फर्कने क्रममा लेक लागेर अस्वस्थ भएका एक पुरुषको नेपाली सेनाले उद्धार गरेको छ।
नेपाली सेनाअन्तर्गत श्रीनाथ गणबाट खटिएको टोलीले काठमाडौँ निवासी उक्त पुरुषलाई बिहीबार (वैशाख ३१ गते) उद्धार गरी सुरक्षित रूपमा अस्पताल पुर्याएको हो।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ती व्यक्ति गोसाईँकुण्डबाट फर्कने क्रममा उच्च उचाइका कारण लेक लागेर अस्वस्थ भएका थिए। उद्धारपछि उनलाई रसुवाको धुन्चेस्थित अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
सेनाले उच्च हिमाली तथा पर्यटकीय क्षेत्रमा यात्राका क्रममा स्वास्थ्य सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।
प्रकाशित: १ जेठ २०८३ ९:३८ | Friday, May 15, 2026
प्रतिक्रिया




