आईपीएलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई ६ विकेटले हरायो

हिमाल प्रेस १ जेठ २०८३ ६:४९ | Friday, May 15, 2026
8
SHARES
आईपीएलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई ६ विकेटले हरायो

काठमाडौँ- इन्डियन प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ। धर्मशालास्थित एचपीसीए स्टेडियममा भएको खेलमा मुम्बईले अन्तिम ओभरमा १५ रन आवश्यक रहेको अवस्थामा १ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको हो। यो हारसँगै पंजाब लगातार पाँचौं खेलमा पराजित भएको छ।

पहिले ब्याटिङ गरेको पंजाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०० रन बनाएको थियो। टोलीका लागि प्रभसिमरन सिंहले सर्वाधिक ५७ रन बनाए भने अजमतुल्लाह ओमरजईले १७ बलमा ३८ रनको आक्रामक पारी खेले।

अन्तिमतिर जेभियर बार्टलेटले ७ बलमा अविजित १८ रन थपेपछि पंजाब बलियो योगफलसम्म पुगेको थियो। प्रभसिमरन र प्रियांश आर्याबीच पहिलो विकेटका लागि ५० रनको साझेदारी भएको थियो भने प्रभसिमरनले कूपर कोनोलीसँग दोस्रो विकेटका लागि ५७ रन जोडे।

जबाफमा मुम्बईले १९ दशमलव ५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। मुम्बईको जितमा तिलक वर्मा नायक बने। उनले ३३ बलमा अविजित ७५ रनको उत्कृष्ट पारी खेले।

रायन रिकेल्टनले ४८ रन बनाए भने विल ज्याक्सले १० बलमा अविजित २५ रन थपे। तिलक र ज्याक्सबीच पाँचौं विकेटका लागि अविजित ५६ रनको साझेदारी भएको थियो।

पंजाबका लागि अजमतुल्लाह ओमरजईले २ विकेट लिए भने युजवेन्द्र चहल र मार्को यानसनले समान १–१ विकेट हात पारे। मुम्बईका शार्दुल ठाकुर सबैभन्दा सफल बलर बने।

उनले ४ विकेट लिए भने दीपक चाहरले २ विकेट लिए। सुरुवामा तीव्र गतिमा रन बनाएको पंजाबले मध्य ओभरमा लगातार विकेट गुमाउँदा दबाब खेप्नुपरेको थियो।

तर ओमरजई र बार्टलेटको आक्रामक ब्याटिङले टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याएको थियो।

प्रकाशित: १ जेठ २०८३ ६:४९ | Friday, May 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast