रास्वपा संसदीय दलका उपनेता गणेश पराजुली
काठमाडौँ- सभामुख डीपी अर्यालले सांसद गणेश पराजुलीले दिएको दुई अभिव्यक्ति संसदबाट हटाउन निर्देशन दिएका छन्।
उनले बोलेका ‘भौटेहरु ’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्दहरु सभाको अभिलेखबाट हटाउन निर्देशन दिएका हुन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले संसदीय मर्यादा पालन गर्न पनि सबै सांसदहरुलाई आग्रह गरे।
प्रकाशित: ३१ वैशाख २०८३ ११:४६ | Thursday, May 14, 2026
प्रतिक्रिया



