नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला निर्वाचित

हिमाल प्रेस ३१ वैशाख २०८३ ६:५५ | Thursday, May 14, 2026
6
SHARES
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला निर्वाचित

काठमाडौँ- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला निर्वाचित भएका छन् । पोखरामा वैशाख २७ गतेदेखि सुरु भएको महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज सम्पन्न मतदानमा सिटौलाले एक हजार ३० मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी हरिशरण केसी ले ४६४ मत प्राप्त गरे। महासङ्घको वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, एनकुमार साइ र केदार पौडेल विजयी भएका छन् । उपाध्यक्षमा चन्द्रा ओझा, डम्बरराज पन्त, आत्मराम थापा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती र रामप्रसाद सुवेदी निर्वाचित भएका छन् ।

सात उपाध्यक्ष पदका लागि १३ जनाबीच प्रतिस्पर्धा भएको थियो । महासङ्घको मालवाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ तथा महासचिवमा डेकनाथ गौतम विजयी भएका छन् । उपमहासचिवमा देविन श्रेष्ठ, भानुभक्त बराल र पुरुषोत्तम सिंखडा निर्वाचित भएका छन् ।

यसैगरी सचिवमा उमेश केसी, चेतप्रसाद गौतम र टंकप्रसाद बस्याल निर्वाचित भएका छन् । कोषाध्यक्षमा राजेन्द्र आचार्य ७१६ मतसहित विजयी भएका छन् भने सहकोषाध्यक्षमा शोभाखर पौडेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।

महाधिवेशनबाट कुल ७८ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । नवनिर्वाचित अध्यक्ष सिटौलाले सार्वजनिक यातायात क्षेत्र सुधारका लागि सरकारसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले यातायात क्षेत्रमा विद्यमान समस्याको समाधानका लागि महासङ्घ सक्रिय रूपमा लाग्ने बताए । महाधिवेशनमा देशभरका सार्वजनिक यातायात सञ्चालन गर्ने समिति, कम्पनी, प्रालि तथा सहकारीका करिब दुई हजार प्रतिनिधि तथा पर्यवेक्षक सहभागी भएका थिए ।

प्रकाशित: ३१ वैशाख २०८३ ६:५५ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast