आईपीएल : हैदरावाद पराजित, गुजरात शीर्षस्थानमा

हिमाल प्रेस ३० वैशाख २०८३ ७:०६ | Wednesday, May 13, 2026
6
SHARES
आईपीएल : हैदरावाद पराजित, गुजरात शीर्षस्थानमा

काठमाडौँ- गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। अहमदावादमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ८२ रनले पराजित गर्दै गुजरातले लगातार पाँचौँ जित निकालेको हो।

जितसँगै गुजरातको १० खेलबाट १६ अंक भएको छ । पराजित हैदरावाद भने १४ अंकसहित तेस्रो स्थानमा छ । गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको हैदरावाद १४.५ ओभरमा मात्र ८६ रनमा समेटियो। हैदरावादका लागि कप्तान प्याट कमिन्सले बनाएको १६ रन नै सर्वाधिक स्कोर रह्यो। टोलीका अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

हैदरावादलाई सस्तैमा समेट्न गुजरातका जेसन होल्डर र कगिसो रबाडाले घातक बलिङ गरे। होल्डरले २० रन खर्चेर ३ विकेट लिए भने रबाडाले २८ रन खर्चेर समान तीन विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो। उसका लागि साई सुदर्शनले ६१ र वासिङ्टन सुन्दरले ५० रनको अर्धशतकीय योगदान दिएका थिए।

प्रकाशित: ३० वैशाख २०८३ ७:०६ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast