आईपीएल : पञ्जाबमाथि दिल्लीको ३ विकेटको जित

हिमाल प्रेस २९ वैशाख २०८३ ७:३५ | Tuesday, May 12, 2026
6
SHARES
आईपीएल : पञ्जाबमाथि दिल्लीको ३ विकेटको जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंग्समाथि दिल्ली क्यापिटल्सले ३ विकेटको रोमाञ्चक जित हात पारेको छ । पञ्जाबले दिएको २११ रनको विशाल लक्ष्य दिल्लीले ६ बल बाँकी छँदै ७ विकेट गुमाएर पूरा गरेको हो ।

निर्धारित २० ओभरमा पञ्जाब किंग्सले ५ विकेट गुमाउँदै २१० रनको बलियो योगफल खडा गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले सुरुदेखि नै आक्रामक खेल खेलेको थियो । दिल्लीका लागि जित दिलाउन माधव तिवारीले निर्णायक भूमिका खेले । उनले मात्र ८ बलमा विष्फोटक १८ रन जोड्दै टोलीलाई फिनिसिङ लाइन पार गराए।

दिल्लीको जितमा कप्तान अक्षर पट्टेल र डेभिड मिलरले अर्धशतकीय इनिङ खेले। पट्टेलले ३० बलमा ५६ रन बनाउँदा मिलरले २८ बलमा ५१ रन बनाउँदै विष्फोटक ब्याटिङ गरेका थिए । ब्याटिङ अघि बलिङमा पनि तिवारीले महत्वपूर्ण २ विकेट लिए । ४० रन खर्चेर २ विकेट लिनुका उनी ‘प्लेयर अफ द म्याच’ बने।

पञ्जाबका बलरले अन्तिम ओभरमा लय गुमाउँदा दिल्लीले १९ ओभरमै २१६ रन बनाउँदै खेल आफ्नो पक्षमा पारेको थियो । यो जितसँगै दिल्ली क्यापिटल्स १२ खेलमा १० अंक जोडेर सातौ स्थानमा सीमित छ । ११ खेल खेलेको पञ्जाब १३ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित: २९ वैशाख २०८३ ७:३५ | Tuesday, May 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast