एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई आर्थिक संकटबारे ज्ञापन पत्र बुझाउने

हिमाल प्रेस १७ माघ २०७९ ७:१८ | Tuesday, January 31, 2023
एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई आर्थिक संकटबारे ज्ञापन पत्र बुझाउने

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउने भएको छ ।

आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष नेपालको नेतृत्वमा रहने प्रतिनिधि मण्डलले मुलुकको पछिल्लो आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागेको हो।

चरम आर्थिक संकट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाउन लागेको हो।

 

प्रकाशित: १७ माघ २०७९ ७:१८ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast