आईपीएल प्लेअफको तालिका सार्वजनिक, कहिले हुनेछ फाइनल?

हिमाल प्रेस २३ वैशाख २०८३ १४:४५ | Wednesday, May 6, 2026
20
SHARES
आईपीएल प्लेअफको तालिका सार्वजनिक, कहिले हुनेछ फाइनल?

काठमाडौँ- भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को प्लेअफ खेलहरूको तालिका सार्वजनि कगरेको छ।

बीसीआईले बुधबार प्लेअफ खेलहरूको तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक तालिकाअनुसार आईपीएल २०२६ को फाइनल खेल ३१ मे मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ।

त्यस्तै पहिलो क्वालिफायर खेल धर्मशालामा हुनेछ भने एलिमिनेटर र दोस्रो क्वालिफायर खेल न्यूचण्डीगढमा खेलिनेछ।

पहिलो क्वालिफायरमा जित्ने टोली सीधै फाइनलमा पुग्नेछ र हार्ने टोलीले क्वालिफायर २ खेल्नुपर्नेछ।

न्यूचण्डीगढको न्यूइन्टरनेशनल क्रिकेट स्टेडियममा हुने एलिमिनेटर खेलमा हार्ने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।

प्रकाशित: २३ वैशाख २०८३ १४:४५ | Wednesday, May 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast