मुस्ताङ- मुस्ताङमा लेक लागेर एकजना नेपाली तीर्थयात्रीको मृत्यु भएको छ।
प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका–९ भगवानपुरका ८५ वर्षीय चित्रबहादुर मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीबाट फर्किने क्रममा अचानक श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई जोमसोमस्थित प्रदेश अस्पताल पुर्याइएको थियो।
उनलाई चिकित्सकले मंगलबार दिउँसो मृत घोषित गरेका प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए।
प्रकाशित: २३ वैशाख २०८३ १०:१० | Wednesday, May 6, 2026
प्रतिक्रिया



