झलमल्ल बन्यो काठमाडौँ , तर देशका धेरै ठाउँमा वर्षाको सम्भावना

हिमाल प्रेस २२ वैशाख २०८३ ६:२३ | Tuesday, May 5, 2026
6
SHARES
झलमल्ल बन्यो काठमाडौँ , तर देशका धेरै ठाउँमा वर्षाको सम्भावना

काठमाडौँ- हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभववाले दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणता बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणता बादल लाग्नेछ र बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित: २२ वैशाख २०८३ ६:२३ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast