आर्मीलाई हराउँदै पुलिस बन्यो पोखरा महिला गोल्डकपको च्याम्पियन

हिमाल प्रेस २१ वैशाख २०८३ ७:०३ | Monday, May 4, 2026
2
SHARE
आर्मीलाई हराउँदै पुलिस बन्यो पोखरा महिला गोल्डकपको च्याम्पियन

काठमाडौँ- त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा ४–५ ले पराजित गर्दै नेपाल पुलिस क्लब पहिलो पोखरा महिला गोल्डकपको च्याम्पियन बनेको छ।

आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा १० खेलाडीमा समेटिएको आर्मीले निर्धारित समयसम्म पुलिसलाई गोलरहित बराबरीमा रोकेको थियो। सेन्टरब्याक विमला विकले खेलको २८औं मिनेटमा रातो कार्ड खाएकी थिइन्। तर, पेनाल्टी सुटआउटमा भने टोली अभागी रह्यो।

सडन डेथमा राष्ट्रिय टोलीका पूर्व खेलाडी इन्दिरा राईको पेनाल्टी पुलिसकी गोलकिपर उषा नाथले बचाएकी थिइन्। त्यसपछि निर्णायक अवसरमा राइट ब्याक सवीना चौधरीले आर्मीकी गोलकिपर कोपिला खड्कालाई बिट गरिन्। त्यसअघि पुलिसका लागि रेखा पौडेल, पूजा राना, समीक्षा घिमिरे र विर्सना चौधरीले बललाई जाली चुमाउँदा उषा नाथ चुकेकी थिइन्। आर्मीका लागि दीपा शाही, अनिता लम्जेल, चन्द्रा भण्डारी र हिमा चौधरीले गोल गर्दा अञ्जना थुलुङ राईको पेनाल्टी क्रसबारमा लागेर फर्किएको थियो।

तीन दिनसम्म चलेको प्रतियोगिताको विजेता पुलिसले ५ लाख रुपैयाँ हासिल गर्यो। त्यस्तै उपविजेता आर्मीले ३ लाख रुपैयाँमा चित्त बुझायो। पुलिसकी निशा सुनार सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उनले ३० हजार रुपैयाँ पुरस्कार हात पारिन्। त्यस्तै उषाले उत्कृष्ट गोलकिपरको पुरस्कार जितिन्। संकटाविरुद्ध पाँच गोल गरेकी रेखा पौडेल सर्वाधिक गोलकर्ता बनिन्।

समीक्षा फाइनल खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिइन्।

प्रकाशित: २१ वैशाख २०८३ ७:०३ | Monday, May 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast