अनामनगर क्षेत्रमा आज लाग्नेछ डोजर

हिमाल प्रेस २० वैशाख २०८३ ९:०३ | Sunday, May 3, 2026
12
SHARES
अनामनगर क्षेत्रमा आज लाग्नेछ डोजर फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- सरकारले अनामनगर क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू भत्काउने कार्यलाई आइतबार (वैशाख २०) पनि निरन्तरता दिने भएको छ ।

शनिबार पनि उक्त क्षेत्रमा डोजर चलाएर सरकारले त्यस्ता संरचनाहरू भत्काएको थियो । आइतबार पनि डोजर चलाइने भएपछि सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बिहानैदेखि प्रहरी परिचालन गरिएको छ ।

सरकारले शुक्रबार बल्खु र कालिमाटी क्षेत्रका नदी किनारमा रहेका सुकुम्वासी बस्ती हटाएको थियो । हालसम्म काठमाडौं उपत्यकामा सरकारी, सार्वजनिक र निजी जग्गा अतिक्रमित गरी निर्माण गरिएका करिब दुई हजारभन्दा बढी घरटहरा हटाइएको महानगर प्रहरीले जनाएको छ ।

प्रकाशित: २० वैशाख २०८३ ९:०३ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast