आईपीएल : मुम्बईमाथि चेन्नाईको जित

हिमाल प्रेस २० वैशाख २०८३ ७:२३ | Sunday, May 3, 2026
12
SHARES
आईपीएल : मुम्बईमाथि चेन्नाईको जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राति भएको ४४औँ खेलमा चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि ८ विकेटको सहज जित निकालेको छ । घरेलु मैदान चेन्नाईमा भएको खेलमा मुम्बईले दिएको १६० रनको लक्ष्य चेन्नाईले ११ बल बाँकी छँदै मात्र २ विकेट गुमाएर पूरा गरेको हो ।

चेन्नाईको जितमा कप्तान ऋतुराज गायकवाडले कप्तानी इनिङ खेले । उनले ४८ बलमा अविजित ६७ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । मध्यम स्कोर खडा गर्ने क्रममा मुम्बईका कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न सकेनन् ।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नाईले १८.१ ओभरमै लक्ष्य भेट्टायो । जितसँगै चेन्नाईले अंक तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ । यो जितसँगै चेन्नई छैटौं स्थानमा उक्लिएको छ । मुम्बईले हारको सामना गरेको मुम्बई तालिकाको पुछारबाट दोस्रो अर्थात् नवौं स्थानमा छ । मुम्बईले आठ खेल खेल्दा दुई मात्र जित निकाल्दै चार अंक बनाएको छ ।

 

प्रकाशित: २० वैशाख २०८३ ७:२३ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast