सहिदहरूको त्यागकै कारण गणतन्त्र स्थापना : प्रधानमन्त्री

हिमाल प्रेस १६ माघ २०७९ १२:४७ | Monday, January 30, 2023
सहिदहरूको त्यागकै कारण गणतन्त्र स्थापना : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको प्रगति र समृद्धिका निम्ति आफ्नो प्राण उत्सर्ग गर्ने सहिदहरू अमर र अजर हुने बताएका छन्। सहिद दिवसका अवसर पारेर काठमाडौँ महानगरपालिकाले आज लैनचौरमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘सहिदहरूले जीवित मान्छेलाई अगाडि बढ्न निरन्तर प्रेरणा दिइराखेका हुनछन्।’

संघीय लोकतान्त्रिक गणतन्त्रप्राप्ति पछाडि सहिदहरूको त्याग र बलिदान नै प्रमुखरूपमा रहेको उनको भनाइ थियो। समृद्धिका लागि राष्ट्र र जनताको सेवामा समर्पित हुन प्रेरणाको स्रोतका रुपमा शहीदहरुले भूमिका खेलिरहेको जनाउँदै उनले सहिद दिवसलाई प्रेरणाका रुपमा लिनुपर्ने बताए।

‘हामीले माघ १६ लाई त्यसैरुपमा स्मरण गर्ने गर्छौं। सहिदलाई स्मरणको अर्थ औपचारिक समारोहका लागि मात्र होइन, हामीले सहिदहरूको सपना राष्ट्रको प्रतिष्ठा, जनताको प्रगति सबैका निम्ति समर्पित भएर काम गर्ने संकल्प लिने दिन पनि हो। म यही संकल्पका निम्ति सबैसँग अपिल गर्दछु’, उनले भने।

 

प्रकाशित: १६ माघ २०७९ १२:४७ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast