बीपी राजमार्ग फेरि अवरुद्ध

हिमाल प्रेस १६ वैशाख २०८३ ७:४३ | Wednesday, April 29, 2026
2
SHARE
बीपी राजमार्ग फेरि अवरुद्ध फाइल तस्बिर

काठमाडौँ- वर्षाका कारण बीपी राजमार्गका विभिन्न सडकखण्डमा क्षति पुगेको छ। जसका कारण सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

‘प्रतिकूल मौसमको कारण काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानहरूमा गएरातिको भारी वर्षाले बीपी राजमार्गको विभिन्न सडकखण्डमा क्षति पुगेकोले सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ’, कार्यालयद्वारा आज बिहान जारी गरेको सूचनामा भनिएको छ।

प्रहरीले उक्त राजमार्ग हुँदै यात्रा नगर्न आग्रह गर्दै यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: १६ वैशाख २०८३ ७:४३ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast