आईपीएल : पन्जाबको अपराजित यात्रा टुंगियो, २२३ रनको लक्ष्य राजस्थानले सहजै भेट्टायो

हिमाल प्रेस १६ वैशाख २०८३ ७:१६ | Wednesday, April 29, 2026
22
SHARES
आईपीएल : पन्जाबको अपराजित यात्रा टुंगियो, २२३ रनको लक्ष्य राजस्थानले सहजै भेट्टायो

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औँ खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । चण्डीगढमा मंगलबार राति भएको उच्च स्कोरको प्रतिस्पर्धामा राजस्थानले पन्जाबले दिएको २२३ रनको विशाल लक्ष्य ४ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो । योसँग पन्चावले पहिलो हार व्यहोरेको छ।

पन्जाबले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२२ रनको चुनोती दिएको थियो । घरेलु मैदानमा पन्जाबका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि बलिङमा चुक्दा टोलीले हारको सामना गर्नु परेको हो।

पन्जाबले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानका लागि डोनेभन फेरेराले विस्फोटक इनिङ्स खेले । उनले मात्र २६ बलमा अविजित ५२ रन जोड्दै टोलीलाई जितको नजिक पुर्‍याएका थिए । उनी ‘प्लेयर अफ द म्याच’ बने । उसका लागि ओपनर जयशस्वी जैसवालले २७ बलमा ५१ रन बनाउँदा अर्का आक्रामक ब्याट्सम्यान वैभव सूर्यवंशीले मात्र १६ बल खेल्दा पाँच छक्कासहित ४३ रन बनाएका थिए।

पराजित पञ्जाब ८ खेल खेल्दा १३ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ । समान खेल खेलेको राजस्थान १२ अंकसहित तेस्रो स्थानमा छ । समान अंक भए पनि रनरेटका आधारमा आरसिबी दोस्रो स्थानमा छ ।

प्रकाशित: १६ वैशाख २०८३ ७:१६ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast