शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

हिमाल प्रेस १५ वैशाख २०८३ १३:२५ | Tuesday, April 28, 2026
14
SHARES
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौँ- उद्योगी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश नृपध्वज निरौलाको इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा गोल्छालाई उपस्थित गराउन मंगलबार आदेश दिएको हो ।

श्रीमती सीमा गोल्छाले प्रहरीले गैरकानुनी रूपमा थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

आदेशमा भनिएको छ, ‘सूचना म्याद पाएको मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको एकएक प्रति नक्कलसमेत साथै राखी विपक्षीहरुका नाममा सूचना म्याद जारी गरी म्यादभित्र लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाइ नियमानुसार पेस गर्नू ।’

धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका गोल्छाविरुद्ध सोमबार अदालतले ३ दिन म्याद थप गरेको थियो ।

 

प्रकाशित: १५ वैशाख २०८३ १३:२५ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast