काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ९ प्रदेशकै संयोजकहरू टुंग्याएको छ। नेकपा स्रोतका अनुसार कोशी प्रदेश संयोजकमा हर्क नेम्वाङ, मधेश प्रदेश संयोजकमा राजु खड्का, बागमती प्रदेश संयोजकमा सरल सहयात्री पौडेल, गण्डकी प्रदेश संयोजकमा गायत्री गुरुङ तोकिएका छन् ।
लुम्बिनी प्रदेश संयोजकमा अब्दुल हुसेन खान, कर्णाली प्रदेश संयोजकमा बिमला केसी, सुदूरपश्चिम प्रदेश संयोजकमा हरिराम चौधरी छन्। उपत्यका विशेष प्रदेश संयोजकमा विष्णु लामिछाने र सम्पर्क समन्वय प्रदेश संयोजकमा तारानाथ दाहाल तोकिएका छन् । नेकपाले इन्चार्ज पनि टुंग्याएको छ। हिजो पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकले जिम्मेवारी बाँडफाँड गरेको हो।
प्रकाशित: १५ वैशाख २०८३ ८:२५ | Tuesday, April 28, 2026
प्रतिक्रिया




