काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रदेश इन्चार्जको जिम्मेवारी टुग्याएको छ। कोशी प्रदेशको इन्चार्ज राजेन्द्र राईले पाएका छन् । मधेश प्रदेशको इन्चार्ज महिन्द्र राय यादवले पाएका छन्। सहइन्चार्जमा मात्रिका यादव र रामकुमार भट्टराईले पाएका छन्।
बागमती प्रदेशको इन्चार्ज डा। गङ्गालाल तुलाधर, गण्डकीको श्रीनाथ बराल, लुम्बिनीको चक्रपाणि खनाल, कर्णालीको चन्द्र बहादुर शाही र सुदूरपश्चिमको इन्चार्जमा डा। भीम रावल रहेका छन्।
उपत्यका विशेष प्रदेशको इन्चार्ज हितमान शाक्य र सम्पर्क प्रदेशको इन्चार्जमा याशोदा सुवेदी रहेका छन्।
प्रकाशित: १५ वैशाख २०८३ ७:०५ | Tuesday, April 28, 2026
प्रतिक्रिया




