नेकपाको प्रवक्तामा ज्वाला, नीति तथा प्रतिष्ठान प्रमुखमा झलनाथ

हिमाल प्रेस १५ वैशाख २०८३ ६:१९ | Tuesday, April 28, 2026
228
SHARES
नेकपाको प्रवक्तामा ज्वाला, नीति तथा प्रतिष्ठान प्रमुखमा झलनाथ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला।

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को प्रवक्ताको जिम्मेवारी प्रकाश ज्वालाले पाएका छन् । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले ज्वालालाई प्रवक्ताको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।

बैठकले पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा प्रतिष्ठान प्रमुख, अर्का वरिष्ठ नेता वामदेव गौतमलाई उत्पादन विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

नेता डा. वेदुराम भुसाललाई स्कुल विभाग प्रमुख र प्रमेश हमाललाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ।

 

प्रकाशित: १५ वैशाख २०८३ ६:१९ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast