राष्ट्रियसभा उपाध्यक्ष र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता

हिमाल प्रेस १४ वैशाख २०८३ १६:२६ | Monday, April 27, 2026
8
SHARES
राष्ट्रियसभा उपाध्यक्ष र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता

पोखरा- गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच आज (सोमबार) पोखरामा भेटवार्ता भएको छ।

प्रदेश प्रमुख निवासमा भएको भेटवार्तामा प्रदेश प्रमुख भट्टले राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएकामा उपाध्यक्ष भण्डारीलाई बधाई तथा शुभकामना व्यक्त गरे।

संघ र प्रदेशबीचको समन्वय तथा सहकार्यमा जोड दिँदै उनले प्रदेशमा कानुन निर्माण प्रक्रिया तथा त्यसको कार्यान्वयन, नीति निर्माणसँग सम्बन्धित विषयहरूबारे चर्चा गरे।

उपाध्यक्ष भण्डारीले प्रदेश मुलुकमा प्राप्त उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार भएकाले प्रदेशको सफलता संघीय लोकतान्त्रिक गणतन्त्रको सफलतासँग जोडिएको धारणा राखिन्।

उनले व्यवस्था सुदृढ हुनका लागि प्रदेशहरू सुदृढ हुनुपर्नेमा जोड दिँदै संविधानको पूर्ण कार्यान्वयन तीनै तहका समन्वयमा कानुन तर्जुमा र त्यसको कार्यान्वयनबाटै सम्भव रहने बताइन्।

प्रकाशित: १४ वैशाख २०८३ १६:२६ | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast