आईपीएल : ‘सुपर ओभर’मा रिंकु नायक बन्दा कोलकाता विजयी, लखनउ स्तब्ध

हिमाल प्रेस १४ वैशाख २०८३ ८:३० | Monday, April 27, 2026
20
SHARES
आईपीएल : ‘सुपर ओभर’मा रिंकु नायक बन्दा कोलकाता विजयी, लखनउ स्तब्ध

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार रातिको खेलमा कोलकाता नाइट राइडर्सले रोमाञ्चक जित हात पारेको छ। लखनउको घरेलु मैदानमा निर्धारित २० ओभरको खेल बराबरीमा सकिएपछि नतिजा ‘सुपर ओभर’ बाट निकालिएको हो। सुपर ओभरमा लखनउ सुपर जाइन्ट्सलाई पराजित गर्दै कोलकाताले महत्त्वपूर्ण दुई अंक बटुलेको छ।

सुपर ओभरमा सुरुमा ब्याटिङ गरेको लखनउले दुई विकेट गुमाएर मात्र एक रन जोड्न सक्यो। जितका लागि २ रनको लक्ष्य पाएको कोलकाताका रिंकु सिंहले पहिलो बलमै चौका हिर्काउँदै जित आफ्नो पक्षमा पारेका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रनको मध्यम योगफल खडा गरेको थियो । १५६ रनको लक्ष्य पछ्याएको लखनउले पनि २० ओभरमा ८ विकेट गुमाएर १५५ रन नै बनाएपछि खेल टाइ भएको थियो।

लखनउका लागि अन्तिम ओभरमा जितका लागि आवश्यक रन जोड्न नसक्दा खेल सुपर ओभरमा धकेलिएको थियो ।

कोलकाताको जितमा ‘फिनिसर’ रिंकु सिंह नायक बने। उनले ५१ बलमा अविजित ८३ रनको उत्कृष्ट इनिङ्स खेले । ब्याटिङमा मात्र नभई फिल्डिङमा पनि उनले ४ वटा महत्वपूर्ण क्याच लिएर टोलीको जितको आधार तय गरे । रिंकु खेलको ‘प्लेयर अफ द म्याच’ समेत चुनिए ।

अंक तालिकाको पुछारमा रहेका दुवै टोलीका लागि यो खेल प्रतिष्ठाको लडाइँ बनेको थियो । आठ खेल खेल्दा पाँच अंकसहित कोलकाता आठौँ स्थानमा छ भने समान खेल खेलेको लखनउ चार अंकसहित तालिकाको पुछारमा छ ।

प्रकाशित: १४ वैशाख २०८३ ८:३० | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast