संघीयता, लोकतन्त्र प्राप्त गर्नुको श्रेय सहिद हुन् : उपराष्ट्रपति

हिमाल प्रेस १६ माघ २०७९ ७:१२ | Monday, January 30, 2023
संघीयता, लोकतन्त्र प्राप्त गर्नुको श्रेय सहिद हुन् : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय सहिदलाई नै जाने बताएका छन्।

उनले ‘सहिद दिवस–२०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सम्पूर्ण सहिदहरूको योगदानको उच्च मूल्यांकन र सहिद परिवारजनमा उच्च सम्मान व्यक्त गरे।

उनले जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक क्रान्ति तथा संघर्षमा आफ्नो जीवन आहुति दिने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

‘नेपाली जनताको लामो राजनीतिक संघर्षपछि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको छ, महान् वीर सहिदहरूको बलिदानीबाट प्राप्त यी उपलब्धिहरू संविधानमार्फत संस्थागत छन्’, उनले भनेका छन् ।

प्रकाशित: १६ माघ २०७९ ७:१२ | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast