काठमाडौँ- फिल्म ‘जिरो डिग्री’ को छायांकन सम्पन्न भएको छ। मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रको ३७ दिनको नियमित तालिकापछि छायांकन सकिएको हो ।
सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस चलचित्रमा अभिनेता विजय बराललाई अनुबन्धित छन्। सडक सञ्जाल राम्रोसँग नपुगेको एक विकट गाउँमा आमाबुवाको निधन भएपछि विदेशमा रहेका सन्तान नफर्कुन्जेल शवलाई सुरक्षित राख्न ‘डिप फ्रिज’ बोकेर गाउँ उक्लिँदा आइपर्ने उथलपुथल र रमाइला परिस्थितिहरूमा चलचित्रको कथा बुनिएको छ ।
फिल्ममा विजय बराल, प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक, सन्जोग रसाईली, प्रवेश महतरा क्षेत्री, शारदा सिलवाल, सबिना थापा क्षेत्री, रामबाबु रेग्मी, सुवास गजुरेल र बासु खनाल लगायतको अभिनय छ । मोती कार्की कार्यकारी निर्माता रहेको यस फिल्मलाई निशान पौडेलले खिचेका हुन् । फिल्मलाई काठमाडौँ उपत्यका बाहिर कुबेर सिने डिस्ट्रिब्युसन र उपत्यकामा डिसिएनले वितरण



